बप्पी लाहिरीको पहिलो नेपाली गीत सार्वजनिक

बप्पी लाहीरीले पहिलो पटक नेपाली गीत गएका छन् । बिबी अनुरागीको संगीत रहेको ‘फरक छ भाषा’ बोलको गीतमा प्रदिप काफ्लेको शब्द रहेको छ । निर्मल शर्माले निर्देशन गरेको भिडियो सम्पादन गौतम राज खड्का, छायांकन राजु केसीले गरेका छन् । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जन, रमिला मगर र उशन श्रेष्ठ रहेका छन् ।