इटहरीमा ‘रमपम पुर्वेली म्युजिक अवार्ड’ हुदै

सुनसरीको इटहरीमा ‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ हुने भएको छ । एक कार्यक्रम गर्दै पूर्वेली मिडिया नेटवर्कको आयोजनामा मोफसलमै पहिलो पटक धेरै विधा समेटिएको अवार्डको औपचारिक घोषणा गरिएको हो ।

पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने आयोजकले बतायो । २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाइ लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ ।

म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने ब्यबस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले बताएको छ ।

पुर्वली म्यूजिक अवार्डमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भोकल पर्फमेन्स्, बेस्ट फिमेल भोकल पर्फमेन्स्, बेस्ट भोकल कोलाब्रेसन्, बेस्ट कम्पोजिसन्, बेस्ट अरेन्जमेन्ट्, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधाहरुमा अवाड प्रदान गरिने भएको छ । साथै बेस्ट तामाङ सङ्, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ्, बेस्ट गाुरूङ सङ्, बेस्ट थारू सङ्, बेस्ट मैथली सङ्, बेस्ट राजबंशी सङ्, बेस्ट भिडियो, बेस्ट भिडियोग्राफी, बेस्ट भिडियो इडिटर, बेस्ट मोडल (मेल), बेस्ट मोडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवार्डमा समेटिने आयोजको भनाइ छ ।

नयाँ पुस्ताहरुलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि समेत पूर्वेली म्यूजिक अवार्ड पूर्वमा पहिलो पटक आयोजना गर्ने तयारी तिव्र रुपमा गरिएको पूर्वेली मिडिया नेटर्वक प्रा लि का प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिए ।