यस्तो छ ‘आमा’ र ‘सेन्टी भाइरस’ को पहिलो दिनको कमाई

शुक्रबार दुई नेपाली फिल्महरु रिलिज भए । पहिल्यै देखि राम्रो व्यापार गर्ने अनुमान गरिएका दुवै फिल्मले पहिलो दिन सुखद शुरुवात गरेका छन् ।

आमाका वितरक करण क्रेजीका अनुसार फिल्मले शुक्रबार उपत्यका भित्र ४१ लाख र उपत्यका बाहिर १६ लाखको ग्रस कलेक्सन गरेको छ । त्यस्तै ‘सेन्टी भाइरस’ टिमले फिल्मले पहिलो दिन १ करोड १२ लाख ग्रस कलेक्सन गरेको कुरा आफ्नो आधिकारी फेसबुक पेज मार्फत जानकारी दिएको छ । जसमा ५९ लाख उपत्यका भित्रको र ५३ लाख उपत्यका बाहिरको कलेक्सन छ । दुवै फिल्मको कुल कलेक्सन जोड्ने भने १ करोड ६९ लाख हुन आउछ । शनिबार यो आँकडा बढ्ने निश्चित छ । यो ब्यापार हेर्दा ‘छ माया छपक्कै’ पछि चिसिएको फिल्मको ब्यापारमा ठुलो राहत मिलेको प्रष्ट हुन्छ ।

सकारात्मक प्रतिक्रियाहरु पाइरहेको ‘आमा’ लाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, मनिष निरौला, सरिता गिरि आशान्त शर्मा लगायतको अभिनय हेर्न सकिन्छ । रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’ ले भने मिश्रित प्रतिक्रिया पाएको छ । फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), दयाहांग राई, विल्सन बिक्रम राई, बुद्धि तामांग, सन्दिप क्षेत्री लगायतको अभिनय रहको छ ।

‘आमा’ को समिक्षा पढ्नको लागि क्लिक गर्नुहोस –  https://www.merofilm.com/aama-rewiew/