एकल बाबुको छोरी प्रतिको प्रेम ‘मेरी छोरी’ (भिडियो)

एकल आमाको कथामा धेरै फिल्म अनि गीतहरु बनेका छन् । यहि भिडमा एक नेपाली गीत सार्वजनिक भएको छ, जहाँ भने एकलबाबुको छोरी प्रतिको प्रेम दर्साइएको छ । ‘मेरी छोरी’ गीतमा मेक्सम खाती र माण्डवी त्रिपाठी तथा बाल गायिका दीपिका कंडेलको आवाज गीतमा रहेको छ । नरेश खातीको संगीत, शब्द रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम न्यौपानेको रहेको छ ।  सार्वजनिक गीतको भिडियोमा क्रान्ती केसी निर्देशन, सम्पादन रहेको छायांकन अजय रेग्मीले गरेका हुन् । दिया जिसी, दिलिप रायमाझी र टिकटकबाट भाइरल भएकी बालिका अल्भिना खड्काको अभिनय भिडियोमा रहेको छ।