नरहरी प्रेमीको ‘आयो होली’ सार्वजनिक

नरहरि प्रेमीको ‘आयो होली’ बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छन् । एरेञ्जर लक्षु प्रकाश मल्ल र रेकर्डिष्ट जीवन बडुको मिक्सिङ कार्य पनि प्रसंसनिय छ ।