शान थापाको ‘हट जवानी’

नवराज दाहालको स्वरमा गीत ‘हट जवानी’ सार्वजनिक भएको छ । गीतमा राम गोपाल आशुतोषको शब्द, हरि लम्सालको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । शान थापा निर्देशित भिडियोमा कमल सिंह, अलिशा राई र पदम कडरियाको अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियो इन्टेन्स एल्डले सम्पादन गरेको हो । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा बिमला तामांगको शृंगार छ ।