‘चन्दा’ भगाउने ‘विकाश’ का उत्कृस्ट ५ भिडियो

नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समयका ब्यस्त मोडल विकाश लामिछानेले करिव ४ बर्ष अगाडी यो क्षेत्र प्रवेश गरेका हुन् । उनले हाल सम्म करिव एक सय गीतको भिडियोमा अभिनय गरिसकेका छन् । नेपाली फिल्म जगतका कहलिएका नायिकाहरुसंग उनले स्क्रिन सेयर गरिसकेका छन् । पछिल्लो पुस्ताका प्रेम ध्वज प्रधान देखी नयाँ पुस्ताकी प्रविशा अधिकारीसम्मको गीतमा समेत अभिनय गरिसकेका छन् उनले । उनलाई अहिलेको स्थितिमा एक छत्र राज गरिरहेका नेपाली पुरुष मोडल समेत भन्न सकिन्छ ।

दोहोर्याएर खासै काम नगरेका उनले धेरै गायक गायिकाको गीतमा काम गरिसकेका छन् भने निर्देशनमा समेत उनी भिन्न भिन्न स्वाद चाख्न मन पराउछन् । उनीसंगै पहिलो पटक स्क्रिन सेयर गरेका नयाँ मोडलको संख्या समेत धेरै नै पुगेको लामिछाने बताउछन् ।

अभिनय क्षेत्रमा नै रहेको कारण अरुको झैँ, माथिल्लो खुड्किलोको रुपमा उनले फिल्मलाई लिएका रहेछन् । तर फिल्मको अफर आउने नआउने भन्दा पनि पहिला, सम्पूर्ण रुपमा आफु तयार रहनु पर्ने बताउछन् । यसैको तयारीमा म्युजिक भिडियो कम गर्दै उनी आफुलाई तयार गराउन ब्यस्त छन्, अहिले । ‘जब आफु पूर्ण रुपमा तयार हुन्छु अनि फिल्मको कथा हेरेर आफु सुहाउदो लागेमा फिल्ममा समेत प्रवेस गर्नेछु’, मेरो फिल्मसंगको कुराकानीमा उनी भन्छन् ।
आजको चर्चाको विषय भने विकास स्वयम्लाई पनि धेरै नै मन पर्ने उनका पांच गीतको बारेमा हुनेछ । आफुले गरेको काम सबै नै राम्रो लाग्छ नी, नराम्रो लागेको भए किन गर्थे र ! उनी भन्छन् । तर पनि उत्कृस्टमा पनि त सर्वोत्कृष्ट होला नी भन्दै गर्दा, उनी केहि खुले । उनले हामीलाई आफ्नो मनमा बसेका केही भिडियो बारे बताएका छन् ।
हेरौ उनको नजरमा उनकै उत्कृस्ट ५ भिडियो :
प्रेम ध्वज प्रधान र केन्जुमा सुब्बाको स्वरमा रोमान्टिक गीत ‘ती आँखामा’ केहि बर्ष पहिला बनेको थियो । यो गीतमा विनिताको साथमा उनै विकाश लामिछानेको अभिनय रहेको छ । गीतमा प्रेमी प्रेमिकाका प्रेमिल भाव समेटिएको छ । हालका ‘ड्यासिंग’ मोडल विकास उक्त भिडियोमा भने ‘क्युट’ देखिएका छन् । भिडियो मोहन राज अधिकारीले निर्देशन गरेका हुन् ।

‘तिमी थियौ’ मा उनले सुनिका बस्नेत संग स्क्रिन सेयर गरेका छन्, भने निर्देशन शान थापाको रहेको छ ।  नेपाल आइडलका प्रताप लामाको गीतमा समेत माया कै भाव समेटिएको छ । तर प्राप्तीलाई माया सोच्नेको नजरमा भने यो गीत फरक हुन सक्छ । तितो होस् या मिठो, माया त माया हो । मनमा गाडेर रहन्छ, भन्छ गीतको भावले ।

अन्जु पन्तको स्वर रहेको गीत ‘धेरै माया’ को शीर्षकले नै गीतको भाव प्रस्ट पार्छ । यो गीतका लागि उनले नायिका केकी अधिकारीसंग माया साटेका छन् । उनीहरुको क्यामेस्ट्री जमेको छ । भिडियो समान अधिकारीले निर्देशन गरेका हुन् ।

बाबु भएर सन्तान बचाउन नसक्नुको पीडा ‘न बचाउन सके’ गीतमा प्रस्तुत गरिएको छ । अधबैसे जोडीको रुपमा विकाश र भद्रगोलकी रक्षा श्रेष्ठको भिडियोमा अभिनय छ, भने छोराको भूमिकामा अलिश खनाल छन् । तुलशी सिवाकोटीको गीत प्रकाश धितालले निर्देशन गरेका हुन् ।

पछिलो समयको चर्चित गीत ‘न्यास्रो’ कैले भेट्ने खै २ का भिलेन विकाश नै हुन् । नाजिर (सुमन) र शिल्पा (चन्दा) को सुमधुर सम्बन्ध बिगार्ने विकाशको उक्त क्यारेक्टर पछि कति पटक दर्शक आफु माथि खनिएको अनुभव सुनाए । ‘गीत यति रियल बनेछकी दर्शकले त मैले नै सम्बन्ध टुटाएको र चन्दालाई नबुझेको भन्दै गाली गर्नुभयो ।’ यस प्रकारको प्रतिक्रियालाई समेत उनले नकारात्मक रुपमा लिएका रहेनछन् । आफुले गरेको पात्रलाई न्याय दिलाउन सफल भएकोमा उनी खुसि छन् । अल्मोडा राना उप्रेतीको यो गीत धेरै दर्शकको मनमा बस्न सफल छ । भिडियो निर्देशन मनोज बस्नेतले गरेका हुन् ।

सफल मोडल विकासलाई आगामी जीवन र यस क्षेत्रको सफलताको शुभकामना ।