एउटा भिडियो ‘बाटो’ मा काठमाण्डौको कथा

नेपाली सांगीतिक बजारमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जसले समग्र काठमाण्डौको कथा बोल्छ ।  हो, गीतमा मर्म रोपेर दर्शक माझ पस्किने गायक पुष्पन प्रधानले नयाँ गीत ‘बाटो –जर्नी इज द ग्रेटेस्ट टिचर’ सार्वजनिक गरेका छन् ।  गीतको मर्मलाई भिडियो मार्फत मनिष र गम्भीरले सार्थकता दिएका छन् । बदलिदो समयसंगै गीतलाई न्याय गर्न भिडियोको प्रयोग भएको एक उकृष्ट उदाहरण हो ‘बाटो’।

गीतमा शब्द र कन्सेप्ट मनिष बशिष्टको रहेको छ ।  अनुपम शर्माको संगीत, डेनियल गदेलको संगीत संयोजन र पुष्पनको आवाज गीतमा रहेको छ । भिडियो कन्सेप्ट मनिष र गम्भीरको रहेको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा पुष्पन र गम्भीरको साथमा सुबोल थापा, मेलिना ओली, शम्भु श्रेष्ठ, शुभम भुजेललाई देख्न सकिन्छ ।  पवन गौतमको छयांकन, अनिताको शृंगार, नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।