मिलन नेवारको ‘माया लाउँदा’

गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’ को भिडियो सार्वजनिक भएको छ । संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा गायिका मिलन नेवारको स्वर रहेको छ । भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराई लगायतको अभिनय रहेको छ । नमराज घिमिरेको छायाँकन रहेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् ।