मुन्द्रेको कमेडि क्लब दुई भाग स्टकमा, त्‍यसपछि अन्योल

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेपछि मनोरञ्जनका क्षेत्रहरु प्रभावित हुने भएका छन् ।

नेपालमा पछिल्लो समय चर्चामा आएका रियालिटी शो, गायन शो, कमेडी शो, फिल्म सुटिङ लगायतका क्षेत्र बढी प्रभावित हुने भएको हो । पछिल्लो समय चर्चामा रहेको कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’लाई सरकारले पर्यटन बोर्डको हल उपलब्ध नगराउने भएपछि आगामी दुई एपिसोडपछि समस्या हुने भएको छ ।

मुन्द्रेको कमेडि क्लबको सुटिङ नेपाल पर्यटन बोर्डमा हुँदै आएको यस पटकको सुटिङ नभए आगामी दुई एपिसोड स्टक रहेको र त्यसपछि पुरानै रिपिट गर्ने कार्यक्रमका सञ्चालक जितु नेपालले मेरो फिल्मलाई जानकारी दिए । उनले भने, ‘हामीसँग अझै दुई भाग कार्यक्रम स्टकमा छ । अर्को भागको लागि चैत १७ र १८ गते सुटिङको मिति तय भएको छ।हलका लागि पर्यटन बोर्ड र की एडभर्टाइजिङसँग मिटिङ गर्छौ। यस्तै स्थिति आएमा पुरानै एपिसोड दोहोरिन्छ।’

सरकारले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि मानिसहरु जमघट हुने सबै स्थानहरुसहित शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन जारी गरेको छ भने अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि निर्देशन दिएको छ । त्यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमतामा मात्र यात्रु ओसारप्रसार गराउन पनि निर्देशन दिइएको छ ।

यो पनि पढ्नस्..

छायांकनमा रहेका फिल्म नरोक्ने