हाम्रो पनि ‘सरकार’ भन्ने अनुभव कैले गर्ने : गायक हेमन्त शर्मा

गायक हेमन्त शर्मा बौद्धिक गायकको रुपमा परिचित छन् ।  बजेटमा कला क्षेत्रले पर्याप्त स्थान नपाउने सत्यतालाई नकार्न सकिन्न । अझ गीत संगीतको त शब्द उच्चारणसम्म सुन्न धौ धौ पर्छ । भलै पछिल्लो समय प्रधानमन्त्रीको चासो गीत संगीत प्रति बढेको देखिन्छ । तर आफ्नै लागि ।

दुखमा होस् या सुखमा, अभावमा अनि पीडामा सबै भावनासँग जोडिएर आउने गर्छ, गीत संगीत । तर गीतसंगीतका क्षेत्रमा खासै सरकारी चासो देखिदैन । यहि बिच गायक हेमन्त शर्माले बेवास्ता गरिएको र उठाउन हिम्मत गर्न नसकेको विषयमा आवाज उठाएका छन् । उनको विषय मनन योग्य छ । सामाजिक संजाल फेसबुकमा लामो पोष्ट गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

हेरौ उनको पोष्ट :

भौतिक शरिर चलाउन खाधान्है काफि होला तर मानसिक रूपमा जीवन चलाउन चैं “संगीत” संसार कै सबैभन्दा सहज र उच्च कला हो भन्निमा…

Gepostet von Hemant Sharma am Freitag, 19. Juni 2020