लोकेसन हन्टिङमा निस्किए निर्देशक मिलन चाम्स

फिल्म निर्देशक मिलन चाम्स फिल्म ‘गोर्खा वारियर’ थाँति राखेर नयाँ प्रोजेक्टमा लागेका छन् । उक्त फिल्मका लागि उनी लोकेसन हन्टिङमा निस्किएका छन् । लकडाउन खुकुलिएसँगै उनी फिल्मको कामका लागि अघि बढेका हुन् । लकडाउन पूर्ण रुपमा खुल्ना साथ छायांकन सुरु गर्ने उनको तयारी रहेको छ ।

छायांकन स्थल हेर्नका लागि उनी  चितवन पुगेका हुन् । चितवनमा लोकेसन पक्का गरेर दमौलीमा समेत हन्ट गर्न उनी गएका छन् । यस फिल्मको २० प्रतिशत  छायांकन नेपाल र बाँकी मलेसियामा हुने बताइएको छ ।