तीज गीत ‘कोरोना भाइरसमा फसौला ’सार्वजनिक

नेपाली मौलिक तिज गीतहरु मौलिकताबाट अलग भइरहेको बेला डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत ‘कोरोना भाइरसमा फसौला’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ । गीतलाई सुरज थापा र मायाले गाएका छन् ।

प्रविणकै शब्द सिर्जनामा तयार भएको गीतलाई इन्द्र दाहाल शिशिरले लय सिर्जना गरेका छन् । भिडियोमा सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन रहेको छ । भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य देख्न सकिन्छ ।