बुद्धि सागरको ‘चस्मा लाएर ’सार्वजनिक

लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले तीज गीत ‘चस्मा लाएर’ बजारमा ल्याएका छन् । गीतमा सत्कर्मको संगीत छ भने गायक बस्यालकै शब्द र स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोलाई विवेक खड्काले निर्देशन गरेका भने किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतले अभिनय गरेका छन् ।

सार्वजनिक बस्यालको गीतमा, ‘गोठतिर गयो भने बस्तु कराउँछन्, ससुराली गयो भने सबै डराउँछन्। बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्दहरु रहेका छन् ।गायक बस्यालले कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताएका छन् ।

यो भन्दा अगाडी बस्यालका ‘बाजेका पालामा मोहोरपाथी नुुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायत गीत बजारमा ल्याइसकेका छन् । उनको तीज गीत चाही यो पहिलो हो । यस गीतलाई गायक बस्यालको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

यस्तो छ गीतको म्युजिक भिडियो