‘हिमालय रोडिज–३’का विजेता बने सुजन सुवेदी

‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदी बनेका छन् । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक सहित पुरस्कार हस्तान्तरण गरिएको छ । आज काठमाडौमा एक पत्रकार सम्मेलन गरि उनलाई पुरस्कार वितरण गरिएको हो । नगत सहितको पुरस्कारको राशी हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले हस्तान्तरण गरेका थिए ।

‘हिमालय रोडिज –३ मा सुजन सुवेदी ग्याङ्ग ग्रिन अन्र्तगत लाउरेको टिममा रहेका थिए । उनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जितेका हुन् । हिमालय टेलिजिभनको लोकप्रिय रोडिजले सिजन ३ पनि पार गरिसकेको छ । शोको निर्देशन अमनप्रताप अधिकारीले गरेका हुन्