सुनिताले कसलाई हेरिन,‘जुममा हेरेर’

गायिका सुनिता दुलाल नयाँ तिज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । उनले ‘जुममा हेरेर’ बोलको गीतमा स्रोतामाझ ल्याएकी हुन् । गीतको भाव चाही कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।

गायिका सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत भिडियोमा फिचर्ड छन् ।