गायक प्रमोदको अर्को प्रतिभा, भन्छन् –’म बन्द कोठा भित्र थुनिएको छु’

गायक प्रमोद खरेल लोकप्रिय गायकका रुपमा परिचित रहेका छन् । उनी अरुको क्यरिकेचर गर्न सक्ने क्षमताका गायक पनि हुन । ‘म बिना कसै कसैलाई, मुस्किल छ पोखरामा’ गीत गाएर एकाएक चर्चामा आएका प्रमोदले  गीतमा आवाज भरिसकेका छन् । त्यस्तै उनी
‘द भोइस अफ नेपाल’ का निर्णायक समेत थिए ।

धेरै दर्शकलाई तथा उनका स्रोताहरुलाई उनी कवि पनि हुन भन्ने कुरा थाहा नहुन सक्छन । लकडाउनमा फुर्सदिला बनेका प्रमोदले आफ्नो अर्को प्रतिभा पनि प्रस्तुत गरेका छन् । फुर्सदिला बनेका प्रमोदले बुधबार आफ्ना फ्यानका लागि कविता शेयर गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिर शेयर गर्दै कविताका हरफहरु यसरी शेयर गरेका छन् ।

यस्तो छ उनको कविता

‘म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ ।।

मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घा‘टी घा‘टी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु ।।
न मलाइ केहि थाहा छ, न केहि जान्दछु ..
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु ..
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहा’

कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहाँ
देश र जनताको नामको पर्चा छर्छन् यहा
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहा’
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहा‘
म बन्द परिवेश भित्र थुनिएको छु ।।

डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु
निस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु ।।’