जगत मर्दन थापा र जुनु गौतमको ‘दैव संजोग भेट भयो आज’

मोहित मर्दन थापाको प्रस्तुतिमा गायक जगत मर्दन थापा र जुनु गौतमको स्वरमा ‘दैव संजोग भेट भयो आज’ बोलको गीत सार्वजनिक भएको छ । सहदेव ढुगांनाको को शब्द रचना, मनोहर सुनामको सङ्गीत र एरेञ्ज रहेको छ भने भोला पौडेलको मिक्सिङ र रेकर्डिङ रहेको छ । ‘दैव संजोग भेट भयो आज’ बोलको गीत लिरिकल भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीत जगत मर्दन थापाको ‘म मक्किएको धुरी खाँबो’ एल्वममाा समावेस रहेको छ । थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ केही महिनाअघि सार्वजनिक गरेका थिए । । गायक थापाले आधा दर्जन भन्दा बढी गीतको लाइभ प्रस्तुति पनि दिइसकेका छन् । गीतको भिडियो भकारी एमडीसी मार्फत सार्वजनिक गरिएको छ ।