टुटेको छैन साम्राज्ञीमाथिको भरोसा


रातो टिका निधारमा र मारुनी फ्लप । मारुनी थोरै भएनी चल्यो, साम्राज्ञीको योगदान कमजोर । इनिसियल थिएन व्यापार । रातो टिका निधारमाले दशै पाएपनि चलेन । दर्शकले पत्याएनन् । न साम्राज्ञीलाई न अशोक शर्माका छोरालाई ।

साम्राज्ञीमाथि दर्शकको विश्वास टुटेको हो । साम्राज्ञीको बोली, दर्शकप्रतिको व्यवहार र उनको नराम्रा गसिपका कारण, विश्वास टुट्यो । रातो टिका निधारमा र मारुनी यसरी नचल्ने थिएनन् । साम्राज्ञीलाई दर्शकको विश्वास टुटेको थाहा भएन ।

हिरो भूवन केसीसँग भयो खटपट । बोलीका कारण भूवन केसी र साम्राज्ञी रिसाए एकअर्कासँग । भूवनसँगको खटपटपछि साम्राज्ञीको फिल्मी यात्रा जोखिममा पर्यो भनेर भने धेरैले । नभनुन् पनि किन, कसले लिन्छ उनलाई भन्न भ्याएका थिए कतिपयले ।

तर, साम्राज्ञीमाथिको विश्वास कम त भएको रहेनछ । साम्राज्ञीलाई मनिष राउतको हिरोइन बनाएर फिल्म बन्दैछ । साम्राज्ञी चल्दिनन् भनेको बेलामा एउटा ठूलै कम्पनी उनीमाथि भरोसा राखिरहेको छ ।

साम्राज्ञीलाई निर्माता सन्तोष सेन पनि भरोसा गरिरहेका छन् । उनलाई हुतुतुमा लिन उनी तयार भए । साम्राज्ञीले कथा पढेर, मन पराएर समय पुरा दिन्छु भनिन् भने हुतुतमा हिरो नै हिरोहरुको माझमा साम्राज्ञी एक्ली हिरोइन पक्का ।

साम्राज्ञीमाथि फिल्म बनाउनेहरुको विश्वास टुटेको छैन । यो विश्वास कायम राख्न साम्राज्ञीले सक्नपर्ने छ । किनभने, उनले आफ्नो बजार विगारेकी हुन् । यसरी बजार विगार्दा पनि सन्तोष सेन लगायतका फिल्म बनाउने निर्माताले विश्वास गर्न सकेका छन् । उनले अब पुरानै क्रेज फर्काउन पर्छ । विश्वास गरेका छन् फेरि, जोगाउन जिम्मा शाहकै हो ।