मिनाले ल्याइन् ‘ हामी नर्स ’को म्युजिक भिडियो

Mero Film

सदिक्षा एल्बमबाट चर्चामा आएकी गायिका मिना कार्कीले पहिलो पटक नर्सिङ गीत ‘ हामी नर्स ’ को भिडियो सार्वजनिक गरेकी छिन् । गायिका कार्कीले आफ्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज रहेको छ । भिडियोमा निर्मला श्रेष्ठ लगायत बिभिन्न कलाकारहरुलाई फिÞचरिङ गरिएको छ भने विरेन्द्र भाट ‘विपिन’ को निर्देशन, राम सिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो । लगभग ४ दर्जन डाक्टर र नर्सहरुको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रा. लि. को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।


Leave a Reply

Your email address will not be published.