कृष्ण श्रेष्ठले भने, ‘मेरो यादले सताउँला ’

नेपाली सुगम संगीतमा राम्रो गायकमा रुपमा परिचत गराएका गायक कृष्ण श्रेष्ठ ले नयाँ गीत बजारमा लिएर आएका छन् । उनले आफ्नै स्वरमा वियोगान्त बोकेको ‘मेरो यादले सताउँला बोलको गीत बजारमा लिएर आएका हुन् । श्रेष्ठको आवाजमा रहेको गीतलाई पुष्करले लेखेका हुन । त्यस्तै बिक्रम थापाले गीतलाई संगीत भरेका छन् । देबेन्द्र श्रेष्ठको गीतमा एरेन्ज रहेको छ ।

रामभक्त श्रेष्ठले निर्देशन गरेको भिडियोमा शिभन श्रेष्ठ ,सुमन ढकाल ,सुवास सोनाम,र पुजा श्रेष्ठले जिवन्त अभिनय गरेका छ्न । छबिराम पराजुलीले छायांकन गरेको भिडियोलाई राजु श्रेष्ठले सम्पादन गरेका छन । गीतको भिडियोलाई हाईलाईट्स नेपालको अफिसियल युवटुव च्यानल मार्फत सार्वजनिक गरएको छ ।