शिवराजको ‘मुना’ मा अनु र सन्दीपको अभिनय

शिवराज जङ्गको स्वरमा ‘मुना’ बोलको गीत सार्बजनिक गरिएको छ । गायक शिवराजकै शब्द रचना तथा संगीत रहेको गीतमा विभिन्न कारणहरुले बाध्यतावश विदेश गएकाहरु र उनीहरुको परिवारको पीडाको कथा प्रस्तुत गरिएको छ । गीतमा मन्जिल विक्रम के.सी. को संगीत संयोजन रहेको छ ।

नविन भट्टको निर्देशन तथा सम्पादनमा बनेको गीतको भिडियोमा अनु थापा मगर र सन्दीप श्रेष्ठको अभिनय देख्न सकिन्छ । फोरक्युव इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा ज्ञान चौलागाईंको छायांकन रहेको छ । भिडियो डि.ए.आर. मुभीको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।