हिमालय टिभीमा सर्यो कृष्ण कंडेलको इन्द्रणी

दर्शक तथा स्रोताको मन जित्न सफल इन्द्रेणी कार्यक्रम हिमालयमा सरेको छ। लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम मानिएको इन्द्रेणीलाई अव दर्शकले हिमालय टीभीबाट हेर्न पाउने भएका छन् । हरेक साँझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जानकारी दिएको छ ।

एबिसी टेलिभिजनबाट १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दै आइरहेको छ । कोरोना महामारीका कारण रोकिएको कार्यक्रम बन्द गरिएको थियो ।

हरेक कलाकारहरुले पछिल्लो समय प्लेटफर्मका लागि इन्द्रेणी कार्यक्रम खोज्ने गरेका छन् । इन्द्रणीमा गएसी हिट भइन्छ भन्ने पछिल्लो समय कलाकारको मानसिकतामा परेको देखिन्छ । कृष्ण कंडेलले सञ्चालन गर्दै आइरहेको यस कार्यक्रममा लोकगीत संगीतका पारखीमाझ निकै लोकप्रिय छ ।