डल्लुकी कृषाले जितिन ‘मिस नेवाः नेपाल ११४१’को उपाधि

- मेराेफिल्म

‘मिस नेवाः नेपाल ११४१’को ताज काठमाण्डौको डल्लुकी कृषा महर्जनले हात पारेकी छिन् । काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नेवार यूवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा कृषाले १४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाःको तास कृषाले हात पारेकी हुन् ।

कृषाले मिस नेवाःको उपाधि जितेसँगै नगद १ लाख र विभिन्न उपहार समेत पाएकी छन् । यस्तै, यो प्रतियोगीताको फस्ट रननरअप प्रियंका तण्डुकार र सेकेन्ड रनरअपको उपाधि कृष्टिना महर्जनले जितेका छन् । उनीहरुले क्रमशः २५ र १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङ नामको टाइटल पनि जित्न सफल भए ।

नेप्लिज फेसन होमले आयोजना गरेको यस मिस नेवा ःमा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संकृती, भाषा र भेषलाई जीवन्त राख्न १७ बर्षदेखि ‘मिस नेवाः’को आयोजना गर्दै आएको बताइन् । अन्य बक्ताहरुले पनि आ– आफ्नो भनाई राखेका थिए ।

२०७७ फागुन १८ गते ७:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *