जाह्नवीको हट अवतार (थप तस्बिर सहित)

बलिउड अभिनेत्री जाह्नवी कपुर बिदा मनाउन माल्दिभ्स पुगेकी छिन्। माल्दिभ्सको समुन्द्र किनारमा स्विमसुटसहितको तस्बिर सेयर गरिन्।

श्रीदेवी र बोनी कपुरकी छोरी तथा अर्जुन कपुरकी बहिनी जानभीको सिल्भर स्विम सुटको फोटोहरु भाइरल बनेका हुन्।

उक्त तस्बिरमा उनलाई केही राम्रो प्रतिक्रिया दिएका छन् भने केहीले ट्रोलसमेत गरेका छन्।

जान्हवीले आफ्नो तस्बिर इन्टाग्राममा पोस्ट गरिन्। उनको उक्त तस्बिरलाई लिएर थुप्रै शुभचिन्तकहरूले तारिफ गरिरहेका छन्।

समर कलरको लुगामा खुलेकी जान्हवी निकै आकर्षक देखिएकी छिन्।