‘सक्किगोनी’ छाडे धतुरेले

नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेको हास्य श्रृखंला ‘सक्किगोनी’का ‘धतुरे’अर्थात एक हुन् सीपी पुडासैनीले छाडेका छन् । उनले ‘सक्किगोनी’ छाडेर आफै नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले आफ्नै निर्माता तथा निर्देशनमा हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् ।

सक्किगोनी अघि हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका थिए । उनले प्राय सबै श्रृखलामा ‘धतुरे’ पात्रका रुपमा आफुलाई चिनाउँदै आएका छन् । उनले नयाा हास्य श्रृंखलामा पनि सोही पात्रका रुपमा दर्शकमाझ आउन लागेका हुन् ।

माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका सिपीले दर्शकले धतुरेलाई केही फरक पाउने बताएका छन् ।
श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ । कार्यक्रम नयाँ वर्षबाट आउने निर्माण टिमले जानकारी दिएको छ ।