गायक सनूपको स्वरको ‘बालुवामा…’ सार्वजनिक

गायक सनूप पौडेलको स्वरमा ‘बालुवामा‘’ शीर्षकको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एकतारेको शब्द रहेको गजलमा सागर विश्वको संगीत छ भने यसलाई अल्मोडा राना उप्रेतीले संगीतबद्ध गरेका छन् ।यो गजलको भिडियोलाई एकतारेले नै निर्देशन गरेका छन् ।

जीवन रिजालको छायांकन रहेको भिडियोलाई विनय कंसकारले सम्पादन गरेका छन् ।भिडियोमा लक्ष्मी श्रेष्ठ, सुष्मा बानियाँ, सुकृत खतिवडा आदि कलाकारले अभिनय गरेका छन् ।