भर्चुअलमार्फत राष्ट्रिय एकल नाटक महोत्सव गरिदै

कोरोनाका कारण पछिल्लो समय नाट्यकर्मीहरु भर्चुअल रुपमा नाटक मञ्चन गर्दै आएका छन् । यहिबीचमा स्वस्ति श्री गुरुकुल स्कुलले पनि भर्चुअल रुपमा नाटक महोत्वस गराउने भएको छ । हरेकवर्ष आयोजना गर्दै आएको राष्ट्रिय एकल नाटक महोत्सव भर्चुअल रुपमा गराउन लागिएको हो ।
कोभिडका कारण बालबालिकालाई थिएटरमै जम्मा गरेर नाटक मञ्चन गराउन सक्ने अवस्था नभएपछि राष्ट्रिय बाल एकल नाटक महोत्सव भर्चुअल रूपमा गर्न लागिएको आयोजकले जनाएको छ । नाटक महोत्सवमा भाग लिने बालबालिकाले सम्पादन नगरिएको, एक सटमा लिएको ३ देखि ५ मिनेटको नाटकको भिडियो खिचेर पठाउनुपर्ने र नाटकमा अरू चरित्र आएमा माईम गर्नु पर्नेछ । यो महोत्सवमा देशभरिका ६ देखी १५ बर्षका बालबालिकाहरुले आफूलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन् ।

यस नाटकमा भाग दिनका लागि सेप्टेम्बर १ ,२०२१ सम्म भिडियो खिचेर Tanka swosti shree gurukul=edu=np मा पठाउनु पर्ने छ ।
आयोजकका अनुसार यस मेलमा प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।