एक महिना पढेर दुई हप्तामा ५ फिल्म बनाएका किशोरी

क्यामरा र फिल्म निर्माणको आधारभूत कुरासँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म निर्माण गरेका छन् । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर गरेको ‘फिल्ममेकिङ’ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिनाको सिकाइबाट फिल्म निर्माण गरेका छन् । क महिना सिकेकै भरमा उनीहरुले फिल्म बनाएका हुन् । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका ५ फिल्म प्रदर्शन गरेका थिए ।

‘वुमन मेक फिल्मस्’शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र विकास बोर्डले पनि सहयोग गरेका थिए ।नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको आयोजक किपालयले बताएका छन् । महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’चिर्न र फिल्मनिर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको भनाइ छ ।

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदनमा गरेकी थिइन् । कार्यशालाका प्रोजेक्टको अर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेका थिए । नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको सङ्ख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयले जनाएको छ । किपालयकी परियोजना प्रमुख आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको र आवेदकबाट १० जनालाई छनोट गरिएको जानकारी गराइन् । सुरुमा कार्यशाला भौतिक रूपमै काठमाडौँ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशालामा भर्चुअल रूपमा सम्पन्न गरिएको थियो ।

 

कार्यशालाका परियोजना संयोजक नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्ममेकिङमा दीक्षित गर्ने प्रयास गरेको बताए । ‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच फिल्मको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्च प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने ।प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्राचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुसी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनाइ थियो । एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो ।

कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए ।