फिल्म तीन दिनमा कति कमायो ?

मुम्बई – बलिउड फिल्म ‘सूर्यवंशी’ले विकेन्डमा ७७ करोड कमाइ गरेको छ । भाइटीकाको अघिल्लो दिन रिलिज भएको फिल्मले ७७ करोड १४ लाख खुद कमाइ गरेको निर्माताले तथ्यांक जारी गरेका छन् ।  दर्शक आउने नआउने धुकचुक धुकचुकबीच रिलिज भएको फिल्मले पहिलो दिन २६ करोड २९ लाख कमाइ गरेको थियो । यो कमाइ धेरै ट्रेड पण्डितले अनुमान गरेभन्दा बढी थियो ।

पहिलो दिन फिल्म १५ करोड देखि २० करोडसम्मको ओपनिंग गर्ने अनुमान गरिएको थियो । दोस्रो दिन फिल्मले २३ करोड कमाइ गरेको थियो भने आइतबार फिल्मले २७ करोड २९ लाख कमाइ गरेको आँकडा बाहिर आएका छन् । रोहित सेठ्ठीको निर्देशनमा तयारमा भएको फिल्ममा अक्षय कुमार रर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । फिल्ममा अजय देवगन र रनवीर सिंहको अतिथि भूमिका रहेको छ ।