अभिनेत्री रेखा थापाद्वारा छठीमाताको पूजा अर्चना (फोटो फिचर )

अभिनेत्री रेखा थापाले छठकाे गुह्येश्वरी गाैरीघाटस्थित वाग्मती किनारमा पूजा आराधना गरेकी छिन् । आज काठमाडौंको गौरीघाटमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन् । उनले व्रतालुहरूसँग मिलेर अस्ताउँदाे सूर्यलाई अर्घ्य समेत दिएकी छन् । अघिल्ला वर्षहरूमा पनि उनले गुह्येश्वरीमै छठ मनाउँदै आएकी थिइन् । पूजा स्थलमा छठका बर्तालुले भरिएकाे छ । बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको

आजकाे विधि पूरा गरेका छन् । भाेली बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । रेखाले बिहिबार उदाउँदाे सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छन् ।