‘फिदा’को गीत सार्वजनिक

काठमाडौँ-  मोहन गमालको प्रस्तुति तथा शङ्कर अधिकारी घायलको लेखन/निर्देशन रहेको ‘फिदा’ फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा हरि मानन्धर विवशको गीत तथा गैह्रे सुरेशको सङ्गीतमा अन्जु पन्तको स्वर रहेको छ । विश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको गीतमा राजन महर्जनको नृत्य निर्देशन रहेको छ । गीतमा प्रतिभा चाम्लिङ राई र समूहको नृत्य छ । चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवको अभिनय रहेको छ ।