‘के छ तिम्रो विचार’

 

काठमाडौं –  गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द सृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ । आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । डान्सिगं शैलीको रमाइलो गीतमा नम्रता र दिनेशले लोभलाग्दो अभिनय गरेका छन् ।