विरेन रसाइलीको ‘तिम्रो याद’

गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

विजय अधिकारीको सङ्गीत, दिलीप घिमिरेले रचना गरेको गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन रहेको छ । यो म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ ।

छायाङ्कन उत्सव दाहालको हो भने भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यस्तै,  प्रकाश धितालले भिडियोको निर्देशन गरेका हुन् ।