आजबाट तीन फिल्म – नेपाली हलहरुमा प्रदर्शन

आज शुक्रबारबाट ‘आकासे खेती’ र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘राधेश्याम’ र दक्षिण भारतीय फिल्म ‘ईटी’ प्रदर्शनमा आएका हुन्।

बहुप्रतिक्षित दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘राधे श्याम’सँग अभिनेता विल्सन बिक्रम राई अभिनित फिल्म ‘आकासे खेती’ फिल्म हलमा प्रदर्शनमा आएका छन्। ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।

उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ। यो फिल्म बिनामेहनत पैसा कमाउन चाहने युवाको सपना र तिब्बती शरणार्थीको विषयमा केन्द्रित छ।

फिल्मलाई केदार उप्रेत, जीवन सुब्बा, राजेन्द्र चिनबाङ्ग र दिल प्रकाश याक्सोले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मको पटकथा तथा संवाद विल्सन विक्रम राईले नै लेखेका छन्।

त्यसैगरी, राधाकृष्ण कुमार निर्देशित ‘राधेश्याम’ यो फिल्ममा बाहुबली स्टार प्रभासका साथै पूजा हेगडेको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् १९७० को युरोपको कथामा आधारित छ। यो फिल्म हिन्दीका साथै तेलुगू, तामिल, कन्नड र मलायलममा भाषामा समेत प्रदर्शन भएको छ। फिल्मको निर्माण भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन् ।

शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको फिल्मलाई नेपालमा ‘अ ऐट फिल्म्स’ले नेपालमा ल्याएको हो। rai

त्यस्तै, साउथ फिल्म ‘ईटी’ एक्सन जनरामा बनेको फिल्म हो। यसमा सूर्या मुख्य भूमिकामा देखिएका छन्। पान्डीराज निर्देशित फिल्ममा सूर्याका साथै प्रियंका अरुल मोहन, विनय राय, सत्यराज, सरन्या पोनवन्नन, सूरी लगायतका कलाकारको अभिनय रहेको छ। ग्याङस्टरबाट महिलालाई जोगाउन मुख्य पात्रले गर्ने संघर्ष फिल्मको कथावस्तु हो ।