अनमोल केसीः जो मन नपराउनेलाई पनि मन पराउँछन्

तपाइलाई कसले भुल्न आँटेको छ जस्तो लाग्छ भन्ने प्रश्नमा अनमोलले अनौठो उत्तर दिए । उनलाई आफूलाई मन नपराउनेले भुल्न आँटेकोे छन् कि जस्तो लागेको छ । अर्थात, फिल्मी भाषमा यसलाई ‘हेटर्स’ भनिन्छ ।

अनमोलले आफ्ना हेटर्सलाई नभुल्न आग्रह गर्छन् । उनले भने–‘कृपया मलाई नविर्सनु होला । तपाइहरुले विर्सनुभयो भने म मातिन सक्छु ।’

अनमोल आफू आफ्ना विरुद्धमा आउने ट्रोलमा खुलेरै रमाउने बताउँछन् । तपाइको अभिनयमा बारम्बार कमजोरी छ भनेर आलोचना गर्नेहरुलाई के भन्नुहुन्छ ? अनमोलले जवाफ दिए–‘म यसलाई त निक्कै सकारात्मक रुपमा हेर्छु । किनकी, मैले होस्टेल जेरी रिलिज हुँदा त अभिनय वुझेकै थिइनँ । त्यसपछि बारम्बार यसमा आलोचना हुन थालेपछि मात्र मैले आफूलाई निखार्न थालेको हुँ । यसैले, आलोचनाले मेरो कमजोरी थाहा हुन्छ । अनी, मैले अझै आफूलाई निखार्न पाउँछु ।’

अनमोलको जवाफ यत्तीमा मात्र रोकिदैन । उनले अगाडि भने–‘मान्छे कहिले पनि पूर्ण हुन सक्दैन । पूर्णताको नजिक पुग्न खोेज्ने मात्र हुँ । यसैले, पनि पूर्णताको नजिक पुग्ने कोशिशमा छु ।’

नेपाली फिल्मका अधिकांश कलाकारहरु आलोचकहरुलाई कठोर भाषमा जवाफ दिने गर्छन् । तर, सबैभन्दा धेरै आलोचना भोगेर पनि अनमोल आलोचकहरुको कुरालाई सकारात्मक रुपमा लिन्छन् । अर्थात, अनमोल जो मन नपराउनेहरुलाई पनि मन पराउँछन् ।

अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा अनमोेल जोडतोडका साथ लागिरहेका छन् ।