कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ सार्वजनिक

गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत रिलीज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।

गरिबीको कारण घर छोडेर कमाउन हिड्नुपरेको कथा गीतमा देखाईएको छ । ‘समय बदलियो तर परिस्थिती उहि छ’ भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।