नयाँ बर्षदेखि शेयर बाँडफाँडमा नयाँ नियम, निर्मातालाई २ साता ५० प्रतिशत

नयाँ वर्ष देखि प्रदर्शन हुने फिल्ममा सेयर सम्बन्धी नयाँ नियम लागु भएको छ ।

नेपालमा प्रदर्शन हुने फिल्ममा आगामी वैशाख १ गतेदेखि कमाइको बाँडफाँड (सेयर) सम्बन्धी नयाँ निर्णय लागु हुने भएको हो ।

फिल्म वितरक अशोक शर्मा संयोजक रहेको प्रदर्शन विशेष कार्यदलले वैशाखदेखि लागु हुने गरि सेयर बाँडफाँटबारे प्रदर्शक, वितरक र निर्माताबीच सहमति भएको छ ।

फिल्म प्रदर्शन भएको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०/५० प्रतिशत सेयर बाँडफाँड हुने र दोस्रो साता पनि दुवै पक्षबीच ५०/५० प्रतिशत सेयर विभाजन हुने सहमति भएको छ, भने तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउने भएकाछन् ।

‘नेपालमा प्रदर्शन हुने सबै फिल्ममा यो नियम लागु हुने बताइएको छ । विशेषगरी नेपाली फिल्मका निर्मातालाई हेरेर यो नियम ल्याएको हो । यसले निर्मातालाई नै फाइदा पुग्ने बताइन्छ ।’

कोभिड १९को महामारीबाट थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन भन्दै कार्यदलले यसअघि २०७८ चैत मसान्तसम्म पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर विभाजनको निर्णय गरेको थियो ।

कार्यदलको नयाँ निर्णयले वितरक, प्रदर्शक र निर्माता सबैलाई फाइदा पुग्ने बताइएको छ ।

सम्पादक: हामीबाट प्रकाशित समाचारमा प्रति नेपाल चलचित्र संघले प्रेस विज्ञप्ती मार्फत ध्याकर्षण गराएको छ, यस समाचारमा हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउँद छौँ ।