‘घुमी घुमी’ विपिनका तीन छोरा

चैते दशैँको अबसर पारेर ‘घुमी घुमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा घुमी फिरी रम्जाटार भन्ने नेपाली उखान जस्तै एक गाँउको निमुखाले नजानिदो तरीकाबाट एक स्ष्त्रीसँग गरेको माया देखाइएको छ । मायाप्रेम बोल्ने गीतको भिडियोले प्रेमसँगै खाली हुँदै गएको पहाडी बस्ती र त्यहाँको सम्भावनालाई देखाउन खोजेको छ ।  गीत पूर्वेली लोकभाकामा आधारित छ ।

भिडियोको सुरुवातमा गाउँ घरको बसाँइसराइ गरेर गएको घरको स्थीतिलाई देखाइएको छ । जुन घरमा गाउँका जुहाडेले लुकिछिपी तास खेल्ने अखडा बानएका हुन्छन् ।बासाँइसराइले निमत्याएको उजाड त्यस घरलाई भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने अभिनेता विपिन कार्कीले मनोविज्ञान पात्रकोरुपमा उजाड हुन दिदैनन् ।

उनले त्यस घरलाई मौलिक बनाउन मेहेनत गरेको झल्को देख्न सकिन्छ । भिडियो गाउँले परिवेशमा आधारित छ । कथावस्तु र परिवेश भिन्न छ । फरक शैलीको जिवन्त अभिनय गर्ने विपिन कार्कीले भिडियोमा अफुले लुकीछिपी गरेको माया र सहयोगले सबैको मन विच्लीत पार्छ ।

विपिनको अभिनयलाई अञ्जना बराइलीले थप उर्जा थपेकी छन् । तपाईहरुलाई लगन सक्छ भिडियो हेदै जाँदा कुनै फिल्म हेरेको भन्दा कम हुने छैन ।

भिडियोमा माया नपाउदाँको आक्रोश र माया पाउदाँको खुसीलाई दुबै कलाकारले मुर्तरुप दिएका छन् ।

सुजन चापागाई र शान्तिश्री परियारको आवज रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको यस गीतका हरेक शब्दले मन छुनुका साथसाथै भिडियोले हेरीरहुँ पार्ने छ । सुजन चापागाईको संगितले सबैको ध्यान खिचेको छ ।

यस भिडियोलाई नविन चौहानले निर्देशन गरेका छन्, भने सुरज पौडेलको सम्पादन रहेको छ ।