बलिउड गायिका आस्था गिल आफ्ना हिट नम्बर गीतसहित ‘प्लाटिनम क्लब’मा गुञ्जिने

बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनी दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा आफ्ना लोकप्रिय हिट नम्बर गीतसहित प्रस्तुत हुन लागेकी हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । उनीहरुले जेनेरलका लागि १ हजार र भीआइपीका लागि २ हजार मूल्यका टिक बिक्रीमा राखेका छन् । कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ ।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।

उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’को प्रतिष्पर्धी पनि हुन् ।