बिजय लामा ‘शान्ति खोज्न’ हिडे पछि…

‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् । निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका छन् ।

निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा बिजय लामाको मुख्य भुमिका रहेको छ । साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।

भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।