बिहे लगतै अमेरिका उडिन् केकी

नायिका केकी अधिकारी अर्की नायिका रीमा विश्वकर्माको साथमा अमेरिका उडेकी छिन् । उनी, आज बिहान अमेरिका उडेकी हुन् । केकी र रीमा ‘अन्तरराष्ट्रिय वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले आयोजना गर्न लागेको ‘मेरो डान्स कप’को अडिसनका लागि अमेरिका उडेका हुन् । उनीहरु, ३ साता अमेरिका बस्नेछन् ।

अमेरिकामा ३ साता बसेपछि उत्कृष्ट १० प्रतिस्पर्धीसहित उनीहरु नेपाल आउनेछन् । नेपालमा उत्कृष्ट १० को कार्यक्रम हुनेछ ।

नायिका केकी अधिकारी केही दिन अगाडि मात्र बिहे गरेकी थिइन् । वैवाहिक जीवनमा बाधिएको १० दिनपछि केकी अमेरिकातर्फ लागेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका श्रीमान् रोहित तिवारीले बिदाई गरेका थिए ।
केकी विमानस्थलमा मंगलसुत्र, सिन्दुर र कुर्ता सुरुवाल लगाएर पुगेकी थिइन् ।