भुटानी नायिकाले सार्वजनिक गरिदिइन् सौगातको लुक्स

छायांकनको अन्तिम चरणमा रहेको फिल्म ‘२ नम्बरी’बाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ । चलचित्रकी नायिका उगेन छोदेनले सौगातसँगको एक तस्वीर सार्वजनिक गरेकी हुन् । जहाँ, सौगात मल्लको कपालको स्टाइल बदलिएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्मको छायांकन २ दिनमा सकिनेछ । दीपेन्द्र लामा यो फिल्मका निर्देशक हुन् । नयाँ बर्षसँगै फिल्मको छायांकन सुरु भएको थियो । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपसना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई कात्तिकको ४ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

सौगात मल्ल फिल्ममा गेटअप परिवर्तन गर्न माहिर छन् । निर्माता किरण नेपालीले उनको गेटअप सार्वजनिक गर्न नचाहेको तर सेटबाटै बाहिरिएको बताएका छन् ।