नजुरेको अनमोल–जसिताको जोडी

फिल्म क्षेत्रमा भाग्य चम्कनुपर्छ भनिन्छ । कतिपय कलाकारहरुले एकसाथ फिल्म खेल्नका लागि जुर्नुपर्छ पनि भनिन्छ । सायद, नायक अनमोल केसी र नायिका जसिता गुरुङबिच यस्तै देखिएको छ । यी दुइको जोडी जम्नका लागि सकस नै देखिएको छ ।

साराले केही बर्ष अगाडि नायक भूवन केसीको निर्माणमा बन्ने फिल्म ‘एन्टी हिरो’ साइन गरेकी थिइन् । यो फिल्ममा उनको जोडीको रुपमा नायक अनमोल केसी थिए ।

जसिता र अनमोलको जोडीलाई पर्दामा हेर्न पाइने भयो भनेर दर्शक पनि खुशी थिए । जसिताले पनि अनमोलका लागि केही बर्ष पर्खिइन् । तर, निर्माता भूवन केसीले फिल्म नै बनाएनन् । भूवनले फिल्म नबनाउँदा जसिताको पर्खाई बेकार गयो ।

उनै, साराले शनिबार मात्र फिल्म ‘हनी बनी’ साइन गरेकी छिन् । यो फिल्ममा नायक अनमोल केसीले काम गर्ने पक्का भएको थियो । अनमोलले फिल्म नछाडेको भए उनी र जसिताको जोडीले एकसाथ काम गर्ने पक्का थियो । तर, अनमोलले फिल्म छाडेपछि जसिता अनुवन्धित भइन् ।

अनमोल र जसिताको जोडी जुर्न सकेको छैन । दर्शक पनि यी दुई कलाकारलाई एकसाथ फिल्ममा हेर्न चाहिरहेका छन् ।