पूजाले निर्माता भेटेपछि पछि सर्यो ‘संझना विर्सना’को रिलिज

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको लभ स्टोरी फिल्म ‘संझना विर्सना’को रिलिज मिति पोष्टपोन्ड भएको छ ।

यो फिल्म जेठको ६ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, नायिका पूजा शर्माले निर्माता आदित्य प्रधान र रेविका प्रधानलाई भेटेर सल्लाहा गरेपछि फिल्मको प्रदर्शन मिति पछि सारिएको हो । नयाँ मिति भने तय गरिएको छैन ।

यो फिल्मको छायांकन दार्जिलिङ, सिक्किम र नेपालका विभिन्न स्थानमा गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका कारण प्रचार नपुगेको भन्दै फिल्मको प्रदर्शन मिति पछि सारिएको हो । फिल्मको प्रचारका लागि निर्माताले केही रकम खर्च गरिसकेका थिए ।

निमेष प्रधानको निर्देशनमा तयार भएको यो फिल्मको एउटा गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । फिल्ममा सुलिन थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।