भारतको सर्वाधिक रुचाइएको फ्रेन्चाइज सो सुपर डान्सर नेपालमा प्रसारण गरिँदै

भारतीय टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर नेपाल’लाई औपचारिक रुपमा फ्रेन्चाइज सो उत्पादन, बजारीकरण र प्रसारणको सर्वाधिकार ए.डी. रिलिजले लिएको छ । ए.डी. रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ ।

सुपर डान्सर बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो हो भने फ्रेन्चाइजबाट अब नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोजी गर्नेछ।

सुपर डान्सर नेपालमा डान्स प्रतिस्पर्धीले आफ्नो क्षमता प्रारम्भिक अडिसन मार्फत देखाउने छन् । नेपालको प्रमुख सहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगन्ज, काठमाडौं र नेपालबाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।

मञ्चबाट नेपालमै अन्तर्राष्ट्रियस्तरका प्रतिभा खोजी गरेकालाई यो रियालिटी सो प्रभावकारी हुनेछ । प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जाना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भूमिका निभाउादै गाइड गर्नेछन् ।

कार्यक्रमको अर्काे उदेश्य नेपालमै डान्समा भविष्य खोजिरहेकाहरुलाई स्थापित गर्ने रहेको आयोजकले जनाएको छ ।

‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह वाइल्ड रिपर्ज पनि अनुवन्धित छ । यो रियालिटी सो हरेक बिहीबार र शक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो सो ३० भाग निर्माण हुनेछ ।