अकेशाको अमेरिका नै रहेर फिल्म खेल्ने आशा, दर्शकले नबनाउन् निराशा

‘जिन्दगी रक्स’ फिल्मबाट डेब्यू गरेकी मोडल तथा भिजे अकेशा बिष्टलाई फिल्म क्षेत्रमा खासै लक लागेन । फिल्म क्षेत्रबाट केही होला जस्तो नदेखेपछि अमेरिका हानिएकी अकेशाले अभिनय गरेको फिल्म ‘लाई इन एल ए’ शुक्रबारदेखि रिलिज हुँदैछ । यही फिल्मको प्रमोशनका लागि उनी नेपाल आएकी छिन् ।

अकेशाले पढाई र कामका कारण फिल्म क्षेत्रलाई निरन्तरता दिन नसकेको बताएकी छिन् । तर, अब फिल्म क्षेत्रलाई अगाडि बढाउने उनको तर्क छ ।

अमेरिका बसेर कहिलेकाही नेपाल आउने अधिकांश कलाकारले बोल्ने भाषा अकेशाले पनि यहाँ प्रयोग गरेकी छिन् । अमेरिकामा नै रहेर पनि फिल्म क्षेत्रलाई अगाडि बढाउने र राम्रो कथाको अफर आएको खण्डमा काम गर्ने उनको भनाई छ ।

अकेशाको यो फिल्मलाई दर्शकले रुचाए भने उनलाई यो क्षेत्रमा अगाडि बढ्न सहयोग पुग्नेछ । अकेशाले पनि यो फिल्मको कथावस्तु निक्कै राम्रो रहेकाले आफूले काम गरेको तर्क गरेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा करिअर सुरुवात गर्दा नै अमेरिका हानिएकी अकेशालाई दर्शकले पत्याउने हुन् या होइनन्, फिल्म रिलिजपछि थाहा हुनेछ । तर, के उनले फिल्म क्षेत्रलाई अमेरिकामा रहेर निरन्तरता दिन सक्लिन् त ?