‘जोर धाराको पानी’मा पुष्पसँग जुनाको छमछमी

नायक पुष्प खड्का र मोडल जुना सुन्दासलाई निर्देशक मौसम हिमालीले ‘जोर धाराको पानी’ भन्दै नचाएका छन् ।

गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा समावेश यो गीतको भिडियोमा मौसमले गज्जबको काम गरेका छन् । कृष्ण देवकोटाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ । निर्देशक मौसमले आफूले गीतको मर्म अनुसार भिडियो बनाएको बताए । लोकलयमा आधारित यो गीत दर्शकको मुखमा झुन्डिन सक्छ ।