‘कबड्डी’को सिरिज टुंगिएसँगै ‘मास्टर बमकाजी’को तयारीमा रामबाबु

‘कबड्डी’ नाम राखेर चार वटा सिरिजमा फिल्म बनाएपछि निर्देशक रामबाबु गुरुङले नयाँ नाम जुराएका छन् । अब, उनले ‘मास्टर बमकाजी’ नाम राखेर कथालाई अगाडि बढाउनेछन् । ‘कबड्डी’को चार वटा सिरिजमा विरकाजीको बिहेको परिवेश देखाइएको थियो । अब भने, बमकाजीको बिहेको प्रसंगलाई नै देखाइने बताइएको छ ।

‘कबड्डी ४’ हेर्न पुगेका दर्शकले पनि ‘मास्टर बमकाजी’ बन्न लागेको जानकारी पाउनेछन् । निर्देशकले नयाँ नाममा अर्को फिल्ममा भेट्ने वाचा गरेका छन् । ‘कबड्डी’ सिरिजमा बमकाजी महत्वपूर्ण पात्रको रुपमा देखिएका थिए ।

यो फिल्ममा नायक सौगात मल्लको मुख्य भूमिका रहनेछ । दयाहाङ राई भने ‘मिस्टर बमकाजी’मा नहुने वुझिएको छ । तर, फिल्मको कुनै न कुनै विन्दुमा पुगेर बमकाजीको भेट विरकाजीसँग भएको देखाउने तयारी पनि रामबाबुको छ ।