‘जेरी २’ साइन गरेपछि अनमोल भन्छन्–‘यसपटक कथा भिन्न छ’

नायक अनमोल केसीले ब्याक टू ब्याक फिल्म साइन गरिरहेका छन् । अनमोलको नयाँ फिल्म कुन होला भनेर प्रतिक्षा गरिरहेका उनका फ्यानहरुले एकसाथ ३ वटा फिल्मको सरप्राइज पाएका छन् ।

अनमोलले निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘छड्के २’ र पूजा शर्माको निर्माणमा बन्ने फिल्म साइन गरिसकेका छन् । अब, उनै अनमोलले आफ्नो हिट फिल्म ‘जेरी’को सिरिज ‘जेरी २’ साइन गरेका छन् ।

यो फिल्मलाई हेमराज वीसीले नै निर्देशन गरेका हुन् । फिल्म साइन गरेपछि मेरो फिल्मसँग कुरा गर्दै अनमोलले भने–‘यसपटक कथा विल्कुलै फरक छ । दर्शकले जेरी २ को पनि प्रतिक्षा गर्नुभएको थियो । यसैले, राम्रो कथामा अफर आएपछि काम गर्न तयार भएको हुँ ।’

फिल्मलाई सरोज न्यौपाने र अष्ट्रेलियामा रहँदै आएका राम श्रेष्ठले मिलेर बनाउनेछन् । अनमोलका अनुसार, फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । निर्माता सरोज न्यौपानेले आउँदो बर्षको दशैंमा फिल्म रिलिज हुने प्रतिक्रिया दिए । फिल्मका लागि ‘जेरी’की नायिका आना शर्मासँग नै कुरा अगाडि बढाइएको छ ।